Skip to content
LAXMI SUNRISE BANK

वाग्लुंगको वुर्तिवांगमा नेपाल बैंकको एटिएम, नगरपालिकाका प्रमुख देवकुमार नेपालीले गरे उद्घाटन

अर्थ सरोकार

नेपाल बैंक लिमिटेडले वाग्लुंग जिल्ला ढोरपाटन नगरपालिकास्थित वुर्तिवांग शाखामा एटिएम सेवा शुभारम्भ गरेको छ । उक्त एटिएम सेवाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक विशेष समारोहकावीच समुद्घाटन गरे । नेपाल बैक लिमिटेड वुर्तिवांगका शाखा प्रवन्धक सुरज घिमिरेको संयोजनमा सम्पन्न उक्त एटिएम शुभारम्भ तथा नववर्ष ०७५ को शुभकामना आदान प्रदान समारोहमा स्थानीय कार्यालय प्रमुखहरु, उद्यमी व्यवसायी, ग्राहक तथा सर्वसाधारणको भव्य उपस्थिति थियो । 
नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर रहेको यस बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । बैकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ भने बैकको संचालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ । मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट् मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पु¥याईरहेको यस बैकले ०७४ चैत मसान्तसम्म रु ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी रु ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK