
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आर्थिक डिजिटल पत्रिका बिजमान्डु डटकमले मंगलबार नेपाल बैंकको एफपिओ निस्कासन प्रकृया अगाडि बढ्यो, २०० रुपैयाँ हाराहारी आउने, सरकारी हिस्सा घट्ने शीर्षकको समाचार प्रकाशन गर्यो । स्रोतलाई उधृत गर्दै लेखिएको उक्त समाचारको खण्डन गर्द गर्दै देवेन्द्र प्रताप शाहले फेसबुकमा यस्तो स्ट्याटस अपडेट गरे ।

समाचारको खण्डन गरे जसरी सुचना चुहाइयो !
कुरा पत्रिकाले के लेख्यो र सीइओले खण्डन गरे भन्ने कुरामा मात्र सिमित रहेन । समाचारको खण्डन गरेजस्तो गरेर शाहले लगानीकर्ताको मनोविज्ञानमाथि खेलेको संकेत देखिएको छ । यसले सुचना चुहाएर करोडौंको खेल भएको बुझ्न गाह्रो छैन । शाहले भनेजसरी नै बिजमान्डुले लेखेको समाचार गलत भयो वा स्रोतले गलत जानकारी दियो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर बैंकका सीइओले कुन आधारमा ३०० को हाराहारी भन्ने उल्लेख गरे, यो गम्भीर बिषय हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन नपुग्दै सीइओले यसरी मूल्यको जानकारी दिनुले कतै न कतै पक्का चलखेल भइरहेको बुझ्न गाह्रो छैन । यसरी सम्बन्धित निकायको स्वीकृति नलिइ सुचना हुनसक्ने वा हुनेवाला भन्दै सार्वजनिक गर्नु अन्तराष्ट्रिय अभ्यासमा पनि अपराध मानिन्छ भने नेपालको कानुन अनुसार पनि यसलाई ‘इन्साइडर ट्रेडिङ’कै एउटा रुपको रुपमा लिइन्छ । यस विषयमा बुझ्न हामीले देवेन्द्र प्रताप शाहलाई फोन गर्ने प्रयास गरेपनि सम्पर्क हुन सकेन ।
नेपाल बैंकको एफपिओ निस्कासन प्रकृया अगाडि बढ्यो
यता नेपाल बैंकको साधारणसभाबाट एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गर्ने अनुमति पाएको छ भने यस सम्बन्धमा प्रक्रियासमेत अगाडी बढीसकेको छ । एफपिओ निस्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ भने बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ । उक्त एफपिओको बिक्री प्रवन्धकको जिम्मा सिद्धार्थ क्यापिटलले पाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्