×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्सुरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन, के तपाई छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्सुरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन, के तपाई छुट्नु त भएन ?

Artha Sarokar

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद भर्ने मंगलबार अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख ५ गतेबाट ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा चैत २२ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि सेयर भर्न सकिनेछ । नेपाल इन्सुरेन्सको कमलादी कार्यालय सहित सम्पूर्ण शाखा तथा आस्वाबाट पनि हकप्रद भर्न पाइने व्यवस्था छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । हकप्रदपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी