×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवाको आइपीओ बाँडफाँट, ५४८ जनाको आवेदन रद्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल सेवाको आइपीओ बाँडफाँट, ५४८ जनाको आवेदन रद्द

२३ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आइपीओ आइतबार बाँडफाँट भएको छ । यसमा कुल १६ हजार ७४० जना लगानीकर्ताले १० कित्ताको दरले सेयर पाएका छन् । आइपीओमा २ लाख ५ हजार ३८६ जनाले आवेदन दिए पनि ५४८ जनाको आवेदन रद्द भएको छ । स्वीकृत भएका आवेदकमध्ये १६ हजार ७४० जनाले सेयर पाएका हुन् ।
कम्पनीले वैशाख १२ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको थियो । कुल १ लाख ८० हजार कित्तामध्ये ३ हजार ६०० (२%) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५%) कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । नेपाल सेवाकोे केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी