×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया र रेमिटवेर पेमेन्टबीच रेमिटेन्स सम्झौता, बैंकका जुनसुकै शाखाबाट पनि भुक्तानी पाउन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया र रेमिटवेर पेमेन्टबीच रेमिटेन्स सम्झौता, बैंकका जुनसुकै शाखाबाट पनि भुक्तानी पाउन सकिने

२५ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्ट एलएनसीसँग रेमिटेन्स सम्झौता गरेको छ। रेमिटवेर पेमेन्टको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरु भएको हो ।
बैंकले यस सम्बन्धमा रेमिटवेर पेमेन्टको क्यानडास्थित कार्यलयसँग सम्झौता गरिसकको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट बैंशाख १९ गते मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु समेत भैसकको एनआईसी एसियाले जानाकारी दिएको छ ।
सम्झौता अनुसार नेपालमा रहेका आफन्तले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका दुई सय वटा शाखाहरु तथा पाँचहजार पाँच सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने एनआईसी एसियाले जानाकारी दिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी