
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १६.३७% ले वृद्धि गरेर १५ करोड १० लाख रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधीमा कम्पनीले १२ करोड ९७ लाख खुद नाफा गरेको थियो ।
कम्पनीको आम्दानी १९ .९१% ले बढेर २७ करोड १५ लाख रुपैयाँ पुगेको छ भने खर्च २५ % ले बढेर १२ करोड ४ लाख रुपैयाँ पुगेको छ । ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा ८ करोड ५७ लाख रुपैयाँ र बीमा कोषमा ६५ करोड ६८ लाख रुपैयाँ राखेको छ ।
कम्पनीले १ अर्ब ९ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने दाबी भुक्तानी कुल ५० करोड ५ लाख रुपैयाँ पुगेको छ । जारी बीमा लेख संख्या १ लाख २५ हजार १ सय २ वटा र कुल दाबी भुक्तानी संख्यामा ३ हजार ४ सय १५ वटा रहेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीको प्रति शेयर आम्दानी ३१.४४ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय २२.५४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.६५ गुणा र तरलता अनुपात १.८३ % रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्