×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि माइक्रोफाइनान्सको खुद नाफामा ३८.१६% घट्नुको के छ कारण ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि माइक्रोफाइनान्सको खुद नाफामा ३८.१६% घट्नुको के छ कारण ?

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले २ करोड १८ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३८.१६% ले घटेको हो । गत वर्ष एनएमबिले ३ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी १० करोड ३२ लाख १६ हजार रुपैयाँले बढेर ११ करोड ९३ लाख १० हजार रुपैयाँ पुगेको छ । 
तर कम्पनीको सञ्चालन नाफा भने कमि आएको छ । सञ्चाल नाफा ५ करोड ५३ लाख ५३ हजार रुपैयाँबाट घटेर ३ करोड ४० लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । यता, निक्षेप संकलन ८१.८०% ले वृद्धि भएको छ । यो त्रैमाससम्म निक्षेप ६१ करोड ५५ लाख ९० हजार रुपैयाँ पुगेको हो । एनएमबिले २ अर्ब १३ करोड ७१ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लगानी गत वर्ष भन्दा ३५.४१% धेरै हो । 
चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ९ करोढ ८० लाख ३७ हजार रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १० करोड ९६ लाख १६ हजार रुपैयाँ र रिजर्भ कोषमा ५ करोड ६८ लाख १२ हजार रुपैयाँ थियो ।
एनएमबिको खराब कर्जा पनि बढेको छ । खराब कर्जा ०.८८% बाट बढेर २.९३% पुगेको छ । कम्पनीले सम्भावित जोखिमका लागि २ करोड ५१ लाख ७४ हजार रुपैयाँ राखेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५९ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी