
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- राष्ट्र बैंकको नियम अटेरी गरेको, निर्णय कार्यान्वयनमा वाधा पुर्याएको, संस्थाले असुल उपर गर्नुपर्ने रकम फिर्ता गर्न सञ्चालक समितिको निर्णय पालना नगरेको लगायतका आरोप लगाउँदै नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तिय संस्थाको तत्कालिन सिइओ स्वयम्भुराज जोशीलाई कारबाही गरेको छ । उनलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गराएको हो ।
यसो त उनालाई स्पष्टीकरण दिने मौका पनि राष्ट्र बैंकले दिएको थियो । नेपाल राष्ट्र बैंकले पहिलो पटक उनलाई आफुले ५ लाख जरिवाना गर्नु नपर्ने कारणसहित २०७४ पुस २० गते १५ दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो भने दोस्रोपटक फागुन २८ गते सफाइका लागि जवाफ पेश गर्न समय दिएको थियो । तोकिएको समयमा उनको चित्त बुझ्दो जवाफ नआएकोले काराबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उनलाई यसअघि नै राष्ट्र बैंकको नियम मिचेर विभिन्न कार्यहरु गरेको आरोप लाग्दै आएको थियो । उनको दादागिरीले सीमा नाघेपछि अन्तत: राष्ट्र बैंकले उनलाइ कारवाही गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्