
काठमाडौं – ओम डेभलपमेन्ट बैंकले पोखराको बिरौटामा शाखा विस्तार गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले उक्त शाखाको बिधिवत उद्घाटन गरेका हुन ।
बिशेष अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले शाखाको एटिएम उद्घाटन गरेका थिए ।
बैंकका अध्यक्ष सुशील कुमार गोशलीले बैंकका विविध पक्षहरुको जानकारी गराएका थिए भने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बैंकले हालसम्म ५३ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर, एउटा शाखा रहित बैंकिङ्ग सेवा र १६ वटा एटीएम मेशिनबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।
बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन, १७ अर्ब ९ करोड कर्जा लगानी गरी २६ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको बताइएको छ ।
बैंकले जर्मनको के.एफ. डब्लु डेभलपमेन्ट बैंकको सहकार्यमा शाखाहरुबाट कृषि तथा लघु उद्यम कर्जा अन्तर्गत सर्वसुलभ रुपमा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा र निशुल्क आश्वा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) नेटवर्कको भिजा कार्ड शिघ्र बितरण गर्न लागेको प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्