काठमाडौँ- अहिले ३३ किलो सुन प्रकरण चर्चामा छन् । तस्करीका नाइके भनिएका गोरे पक्राउ परेका छन् । यहि बीचमा एमाले सांसद घनश्याम खतिवडाले सुन तस्कर गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको खुलासा भएको हो ।
सुन तस्करीका मुख्य अभियुक्त चडामणि उप्रेती गोरेले अदालतमा दिएको बयानमा उनले खतिवडालार्इ चन्दा दिएको बताएका छन । प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने एमाले कार्यकर्ता रेवत आचार्य बिहीबार नै पक्राउ परिसकेका छन । यो प्रकरणसँगै सुन प्रकरण झनै रहस्यमय मोडमा पुगेको छ ।