
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावरले ११ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आइपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । कम्पनीले जारी पुँजीको १०% सेयर आफ्ना कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
पञ्चकन्याको जारी पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । यसअघि जारी पुँजीको १०% नै सेयर इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६.१ मेगावाटको अपर माई ‘सी’ आयोजना निर्माणाधीन छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्