
बिरगञ्ज – पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानिय र प्रहरीबिच झडप भएको छ । उक्त झडप मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुईजना मोवाइल चोरलाई छुटाउने क्रममा प्रहरीसँग स्थानीयको झडप भएको हो ।
इलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानिय र प्रहरीबिच सोमबार विहान झड्प भएको बताइएको छ । झडपका क्रममा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ ।
भारतको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतोलाई चेकजाँचका क्रममा मापसे गरेको र भारतिय नम्बर प्लेटको मोटरसाईकलमा चार जना सवार रहेको फेला पारेपछी आइतबार साँझ ८ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी मोवाइल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनी प्रहरीले नियन्त्रणमा लिएर सेढवामा राखेको थियो । पक्राउ परेकाहरुलाई छुटाउन पुगेका स्थानिय र प्रहरीबिच लामो समय विवाद भएपछी प्रहरीले बल प्रयोग गरेको बताइएको छ । इन्सपेक्टर ज्ञान कुमार महतोका अनुसार स्थानियले इलाका प्रहरी कार्यालयको प्रतिक्षालय तोडफोड गर्नुको साथै प्रहरीको मोटरसाईकलमा आगजनी गरेपछी स्थिती नियन्त्रणमा लिनका लागी हवाई फायर गरिएको थियो ।
झडपमा परी पाँच जना प्रहरी घाईते भएका छन् । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । प्रहरी जवान यादवको अवस्था गम्भिर रहेको बताइएको छ ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । स्थानीयले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाईकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाईदिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानीयले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्