
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरेको छ ।
नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरेको हो ।
अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले जानकारी दिए । उहाँका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो ।
दुई पम्पमा सिल गरिएको छ भने अन्य तीन पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले ती पम्प सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन गरिएको छ ।
मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्