काठमाडौँ – जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा ठुलै हंगामा मचेको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो ।
बेन्यामिनका नीजि र इजराइलका सेलिब्रिटी शेफ मोशे सेगेवले शानदार डिनरको अन्त्यमा चकलेटले बनेको ‘जुत्ता’ मा डेजर्टलाई पेश गरे । यस बारे बीबीसीले जनाएको छ