Skip to content
LAXMI SUNRISE BANK

पोखरा फाइनान्सको असार ५ गते एजीएम हुने, के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार ५ गते पोखरा फाइनान्सले वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले ८.२६% बोनस सेयर र कर तिर्नको लागि पनि ०.४३५% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । यसको साथै सभाबाट संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन पनि हुनेछ । साधारण सभा गर्न कम्पनीले जेठ २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् । 
सभा दरबारथोक बैंक्वेट, बास्तोलाथर पोखरामा बिहान ८ः३० बजे सुरु हुनेछ । पोखरा फाइनान्सले हाल कायम ७५ करोड ४१ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजीको ८.२६% बोनस दिन लागेको हो । बोनसपछि पुँजी ८१ करोड ६४ लाख ४९ हजार ३४९ रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK