×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको दिउँसो १ बजेदेखि एजीएम हुँदै, यस्ता एजेन्डाहरु पेस गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको दिउँसो १ बजेदेखि एजीएम हुँदै, यस्ता एजेन्डाहरु पेस गर्दै

१० जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु बैंकको साधारण सभा बिहीबारको दिउसो १ बजेदेखि सुरु हुने भएको छ । उक्त सभा केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा सुरु हुँदैछ । प्रभुले लगानीकर्तालाई भने रित्तो हात फर्काउने भएका छन् । एजीएममा लाभांश प्रस्ताव छैन । अन्य बैंक तथा वित्तीय संस्था एक्विजिसन गर्नुपरेमा त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव लगिंदैछ । 
बैंक सञ्चालक समितिमा कम्तिमा १ जना महिला रहने गरी नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
सभा प्रयोजनका लागि बैंकले वैशाख २८ गतेदेखि बिहीबारसम्म (आजसम्म) बुक क्लोज गरेको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी