
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ १० गते प्रभु इन्सुरेन्सको विशेष साधारण सभा हुने भएको छ । सभामा ७ जना सञ्चालकहरु चयन गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना, समूह ‘ख’ (कर्मचारी संचयकोषबाट मनोनित) बाट १ जना र समूह ‘ग’ (सर्वसाधारण सेयरधनी) बाट ३ जना सञ्चालकहरुको निर्वाचन गरिने जनाएको छ ।
सभा प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय, तिनकुने काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २८ गतेदेखि जेठ १० गतेसम्म बुक क्लोज गर्नेछ । यता, प्रभु ४६% हकप्रद ल्याउने तयारीमा रहेको छ । कम्पनीले ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्