×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४६% हकप्रदमा मूल्य समायोजन प्रभु इन्सुरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

४६% हकप्रदमा मूल्य समायोजन प्रभु इन्सुरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – प्रभु इन्सुरेन्सको ४६% हकप्रदमा मूल्य समायोजन भएको छ । हकप्रदमा मूल्य समायोजनपछि प्रभुको पहिलो कारोबार प्रतिकित्ता ५४० रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य ७२५.३६ रुपैयाँँ रहेको छ ।  प्रभुले हकप्रद निष्कासनका लागि सोमबार १ दिन मात्र बुक क्लोज गरेको छ । 
प्रभु इन्सुरेन्सलाई १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । 
हाल यस कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । यही पुँजीबाट प्रभुले ४६% हकप्रद बिक्री खुला गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ७६३ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी