Skip to content
LAXMI SUNRISE BANK

प्रभु लाइफ इन्सुरेन्सको आइपीओ आउँदै, कहिले हुँदैछ एजीएम ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ १० गते प्रभु लाइफ इन्सुरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने भएको छ । साथै  सभामा सञ्चालक समितिको निर्वाचन पनि हुने भएको छ । यस इन्सुरेन्सको हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीले बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ । 
यसैगरी, कम्पनीको ठेगाना परिवर्तन, प्रवन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षकको नियुक्तीलगायत एजेन्डा पनि सभामा प्रस्तुत हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु लाइफले ३ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको रिजर्भ कोषमा ३ करोड ७४ लाख ८५ हजार रुपैयाँ छ । सभा लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK