Skip to content
LAXMI SUNRISE BANK

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा पोखरामा, मुख्य मन्त्री गुरुङले गरे उद्घाटन

अर्थ सरोकार

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा आफ्नो शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ। सोमवार एक कार्यक्रमका बीच उक्त शाखा कार्यालयको उद्घाटन प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका छन् ।
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्य गर्ने र संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलता पुर्वक जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल हुने विश्वास व्यक्त गरे । साथै कम्पनीले आम जनताको सुरक्षा र समृद्धिको चाहनालाई ध्यानमा राख्दै फरक किसिममा र समाजका सबै वर्गलाई समेट्ने किसिमका बीमा योजनाहरु कार्यान्वयनमा ल्याउने योजना सहित कार्य अघि बढिरहेको उल्लेख गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कम्पनीका हाल बिभिन्न २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK