Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफको नक्कली बिमा पोलिसी विक्री प्रकरण : राजेन्द्र खेतानसहित सञ्चालकहरु विरुद्ध ठगी मुद्धा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नक्कली बिमा पोलिसी बेचेको आरोपमा पक्राउ परेका बिमा अभिकर्ता प्रकाश रेग्मीले कम्पनीले नै नक्कली बिमा पोलिसी जारी गरेको बयान दिएपछि प्राइम लाइफ इन्सुरेन्सका संचालकसमेत रहेका व्यवसायी राजेन्द्र खेतानसहित प्राइम लाइफ इन्सुरेन्सका अन्य सञ्चालकहरुविरुद्ध ठगी मुद्दाको परेको छ । नक्कली बीमालेख जारी गरी ठगी गरेको अभियोगमा खेतानसहित तत्कालीन सञ्चालकहरु रतनलाल संघाई, गोपीकृष्ण सिकारिया, सुमन जोशी, चन्द्रप्रकाश खेतानविरुद्ध गत साता जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको हो । त्यस्तै प्राइम इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई, कम्पनी सचिव राजनप्रसाद अधिकारीविरुद्ध समेत मुद्दा दायर भएको छ । यता पक्राउ परेका रेग्मी एक लाख धरौटीमा छुटेका छन् । 
इन्स्योरेन्स कम्पनीको नाममा २०७३ कात्तिक ११ गते मलेसिया जाने १८ कामदारलाई नक्कली बिमा योजना बिक्री गरेका थिए । श्रम स्वीकृतिका लागि कामदारले बिमा अनिवार्य गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार कामदारले अधिकतम २० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । स्याङ्जा स्थायी घर भएका रेग्मीले सात वर्षअघि प्राइम लाइफ इन्स्योरेन्सको अभिकर्ता भएर बिमा क्षेत्रमा प्रवेश गरेका थिए । करिब ७ महिनादेखि उनी अहिले सिटिजन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् ।
तत्कालीन प्राइम लाइफमा रहेका कर्मचारी रेग्मीले प्रहरीमा दिएको बयानका अधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुको बीमा पोलिसी भए-नभएको बारे पत्राचार गरेको थियो । बैशाख ५ गते बीमा भएको भन्दै प्राइमले पत्राचार गरेपछि सञ्चालकहरु समेत फसेका हुन् । यहि प्रकरणमा त्यसबेला बैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यत अधिकृत दिलिप अधिकारीविरुद्ध समेत मुदा दायर भएको छ । उनले नक्कली बीमाका लागि श्रम दिएका थिए । धेरै चलाख बन्न खोज्दा ७४ हजार ५ सय ५९ रुपैयाँ ठगी गरेको बिगोमा करोडपति सञ्चालकहरुविरुद्ध ठगी मुद्दा दायर भएको हो ।
यो पनि पढ्नुहोस् 

विदेश जानेलाई नक्कली बिमा पोलिसी जारी गरेको आरोपमा सिटिजन लाइफ इन्सुरेन्सका बीमा अभिकर्ता पक्राउ !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK