×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री-पत्नीको अपरिचित पाटो : ‘राष्ट्र बैंकको जागिरे थिइन्, १२ बर्षमा ८ तोला सुन जोडिन्, एभेरेष्टको ऋण तिरिन्’

PRIME CA

प्रधानमन्त्री-पत्नीको अपरिचित पाटो : ‘राष्ट्र बैंकको जागिरे थिइन्, १२ बर्षमा ८ तोला सुन जोडिन्, एभेरेष्टको ऋण तिरिन्’

१६ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
राधिका शाक्य । प्रधानमन्त्री केपी शर्मा ओलीकि पत्नी । तर धेरैलाई उनको नाम थाहा नहुन सक्छ । उनलाई चिनेकाहरुलाई नै पनि उनका केहि फरक पाटोका बारेमा थाहा नहुन सक्छ । नेपाल राष्ट्र बैंककै कतिपय कर्मचारीलाई पनि उनी पनि नेपाल राष्ट्र बैंककै कर्मचारी थिइन् भन्ने थाहा नहुन सक्छ । नाम थाहा पाएकाहरुले पनि ‘ए त्यहि राधिका हो र ?’ भन्ने गरेका छन् । हो, राधिका बैंकर थिइन् भन्ने धेरैलाई थाहा छैन । 
राधिका शाक्य नेपाल राष्ट्र बैंककि पूर्व कर्मचारी हुन् । उनको नाममा २५ रुपैयाँको लाखको राष्ट्रिय बचतपत्र पनि छ । उनी नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी हुन् । प्रधानमन्त्री ओलीको राजनीतिक करियरले राम्रो रुप लिएपछी उनले बैंकबाट बिदा लिइन् । यसो त उनका लागि जागिर त्यति महत्वपूर्ण पनि भएन त्यसपछी ।
उनीसँगै काम गरेका केहि अहिले उनको राष्ट्र बैंकको जागिर ताकाका दिन सम्झन्छन् । उनीमा ऋण लिने, ऋण लिएर व्यवहार चलाउने, घर बनाउने लगायतको राम्रो चेतना थियो । राष्ट्र बैंकमै काम गर्ने भएपछी त्यो हुने नै पनि भयो । अहिले केपी ओलीको सम्पत्ति कति छ भन्ने विषय चर्चामा छ । तर ओली परिवारको घरजग्गामा राधिकाको जागिरको ठुलो हात छ । उनीसँग केहि कम्पनीका शेयर पनि छन् । सेयरका बारेमा पनि उनले राष्ट्र बैंक हुँदै सिकेकी हुन् । १२ बर्ष अघि उनीसंग १० तोला सुन थियो । अहिलेको सम्पत्ति विवरण अनुसार उनीसंग १८ तोला सुन छ । यो पनि उनको जागिरको देन नै हो । राधिका शाक्यको नाममा माछापुच्छ्रे बैंकमा ४ लाख रहेको, प्रभू बैंकमा पनि ६ लाख छ । 
१२ बर्ष अघि आफ्ना पति उपप्रधानमन्त्री हुँदा उनको १६ लाख रुपैयाँ ऋण थियो । अहिले त्यो ऋण चुक्ता भएको चाह । अहिले त ओलीको बैंक खातामा नै ५२ लाख रुपैयाँ छ । आजभन्दा १२ बर्ष अघि स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा रू.५० हजार, नेपाल बङ्गलादेश बैङ्कमा करिब रू.छ हजार र राष्ट्रिय वाणिज्य बैङ्कमा रू.आठ हजार नगद थियो ओली दम्पतिको । कुन बैंकमा पैसा राख्ने पनि राधिकाले नै बताउँथिन् । उनी राष्ट्र बैंकको कर्मचारी भएकाले पनि उनलाई ऋण लिएर घर बनाउन सक्ने चेतना थियो । सोहि अनुरुप उनले एभरेष्ट बैङ्कको बानेश्वरसाखाबाट उनले तत्कालीन समयमा रू. १० लाख रुपैयाँ ऋण पनि लिएका रहेछ्हन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: