×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रैराङ हाइड्रोपावरको खुल्यो आइपीओ, आवेदन दिन कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रैराङ हाइड्रोपावरको खुल्यो आइपीओ, आवेदन दिन कहाँ जाने ?

Artha Sarokar

३१ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सोमबारदेखि आइपीओ खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
यो आइपीओमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यसअवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने जेठ २९ गतेसम्म भर्न पाइनेछ । सी–आस्वा प्रणालीमार्फत पनि सेयर भर्न सकिनेछ । यसमा न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन मिल्ने व्यवस्था छ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी