×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रैराङको आइपीओमा मागभन्दा बढी आवेदन, कतिले भरे आइपीओ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रैराङको आइपीओमा मागभन्दा बढी आवेदन, कतिले भरे आइपीओ ?

४ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ । प्राप्त जानकारी अनुसार रैराङको आइपीओमा कुल १ लाख ७७ हजार ३८६ जनाले सेयर भरेका छन् । उनीहरुले १ करोड ३८ लाख १० हजार ४३० कित्ता सेयरका लागि १ अर्ब ३८ करोड १० लाख ४३ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन माग भन्दा १८.०७ गुण बढी हो ।
अब आवेदन रुजु गरिनेछ । रुजु गर्दा आवेदक संख्या र रकममा सामान्य तलमाथि हुन सक्ने सीडीएसको भनाई छ । रैराङले कुल ८ लाख ४० हजार कित्ता आइपीओमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता मात्र सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी