
काठमाडौं । रक्षा नेपाल नामक एक गैरसरकारी संस्थाले संघ संस्था ऐन विपरित काम गरिरहेको खुलासा भएको छ । संस्थाकी अध्यक्ष मेनुका थापाले प्रहरी र प्रशासनको कुनै पत्र र सिफारिस विना नै बालबालिका राख्ने तथा उनीहरुको नाममा दातृ निकायबाट आएको सहयोग दुरुपयोग गर्दै आएकी छन् । संस्थामा आश्रित बालबालिकालाई भने उनले जुनसुकै समयमा निकाल्ने र राख्ने गरेकी छन् । जबकि पठाउने वा बुझाउने र बुझ्ने संस्थाबीच प्रष्ट रुपमा कानुनी प्रक्रिया पूरा गरेपछि मात्र संस्थामा बालबालिका राख्न सकिने कानुनी ब्यवस्था छ ।
केही दिन पहिले लामो समयसम्म कलेजमा फि नदिएको तथा होस्टलको पैसा नतिरेपछि विचल्लीमा परेकी पुजा बोहरा आफूलगायतको भविश्य बर्बाद हुन लागेको भन्दै प्रहरीको शरणमा पुगेपछि रक्षा नेपालको कर्तुत बाहिर आएको हो । कानुन पढिरहेकी पुजाले आफ्नो समस्या सबै कलेजसामु राखेपछि कलेजले शुल्क नतिरी परीक्षा दिने ब्यवस्था मिलाएको थियो । होस्टेलले संस्थाकै आमाले जिम्मेवारी नलिएको भन्दै अब आफुले राख्न नसक्ने बताएपछि उनी विछिप्त हुँदै बाहिरिएकी थिइन् ।
पुजा त्यसपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी गर्न गइन । तर, पुजाको कुरा सुनवाई नभएपछि निराश हुँदै संस्थाबाटै निकालिएकी एक बालिकाको आफन्तकहाँ आश्रय लिएर बसेकी छन् । तर, प्रहरीले भने रक्षा नेपालले उजुरी गरेको छ भन्दै उल्टै आश्रय दिनेलाई नै कारबाही गर्न खोजेको पीडितको भनाई छ ।
संस्थाकै संरक्षणमा लामो समय बसेकी एन्ड्रियालाई पनि ड्रक्स, चुरोट खाने बानी भएको जस्ता आरोप लगाई थापाले निकालिएकी थिइन् । अध्यक्ष थापाले ‘यसको दिमाग ठिक छैन्’ भन्दै संस्थाबाट निकालिएकी एन्ड्रिया अहिले ललितपुरको एक रेष्टुरेन्टमा काम गर्छिन् ।
केही बर्षपहिले एक जना खड्का थरका युवा र सोही संस्थामा आश्रय लिएकी महिमा (नाम परिवर्तित) प्रेममा थिए । उमेर पुगेका उनीहरु प्रेममा बहकिएर पोखरा पुगे । एक महिनापछि खड्सँग प्रेम विवाह गरिदिने भन्दै काठमाडौं डाँकियो । तर, खड्कालाई उल्टै फसाएर अपहरण तथा बलात्कारको मुद्दा लगाई थुनियो । सो काण्डमा समेत अध्यक्ष थापाले संस्थाको मर्यादा विपरित एउटा निर्दोषलाई फसाउन सहयोग मात्र होइन, आफ्नै पुरै पहुँचको दुरुपयोग गरिन् । अन्ततः प्रेम गर्ने खड्का थरका प्रेमी जेल चलान भए । युवतीले संस्थामा आश्रय लिएका बेला परिवारको दबाबमा त्यस्तो घटना भएको र आफूले उक्त युवासँग प्रेम गरेको संस्थाका अन्य पीडित साथीहरुलाई बताउने गरेकी थिइन् ।
एउटा निर्दोष युवालाई प्रशासनको आडमा जबर्जस्ती बलात्कारी घोषणा गरी जेल पु-याउने थापालाई प्रहरी र प्रशासनले छानविन र खोजी गर्नुपर्छ कि पर्दैन् ? त्यसो त, रक्षा नेपालबाट विभिन्न बहाना र लान्छना लगाएर निकालिएका महिमा, विशाल, अशोक, दिपेश, एन्ड्रिया र आस्थाको भाई आस्ना कहाँ छन् ? उनीहरुको भविश्य कस्तो छ ? कसैको अत्तोपत्तो छैन् । प्रहरीले यि बालबालिकाका परिवारलाई बोलाएर सोधपुछ गरेको खण्डमा सबै छर्लङग हुने पीडितहरुको भनाई छ ।
संस्थाकी अध्यक्ष थापाले आफ्नै परिवारका सदस्यहरुलाई भने संस्थामै राखेर शिक्षा दिक्षा दिइरहेकी छिन् । निशा, एलिशा, शुष्मा, राधिकालगायत एक दर्जन बढि अध्यक्ष थापाकै आफन्तहरुलाई रक्षा नेपालमै राखेर पढाइँदैछ । जो कुनै बलात्कृत वा यौनहिंसा पीडित बालबालिका होइनन् ।
तर, सामूहिक बलात्कारमा परेकी पुजा बोहोरालाई किन लखेटियो ? भन्ने प्रश्न गर्दा थापा भन्छिन्–‘पुजाको हालत ठिक नभएको र पहिला मानसीक औषधी खाएकी थिइ । जुन बेला जहाँ पनि जान सक्छे ।’ प्रशासनलाई दुरुपयोग गर्न माहिर थापाले उल्टै अहिले पुजा हराएको भन्दै काठमाडौं परिसरमा उजुरी हालेकी छन् ।
प्रहरीले पुजा बस्ने होस्टलका सञ्चालकलाई सोधपुछ गरेको खण्डमा अध्यक्ष थापाले गरेको ज्यादती सार्वजनिक हुने निश्चित छ । यतिखेर थापा आफुलाई बचाउ गर्न भन्दा पनि कसरी पीडित पुजालाई गलत सावित गरेर आफु चोखो देखिने भन्ने षड्यन्त्रमा लागेकी छन् । त्यसका लागि उनले पुजालाई आश्रय दिनेमाथि नै उजुरी हालेर फसाउन खोजेकी छन् ।
थापाका कर्तुत सञ्चारमाध्याममा आउन थालेपछि उनले पुजालाई खोजी गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखालगायतमा खोजी गर्न भन्दै मंगलबार उजुरी गरेकी हुन् ।
सोही संस्थाबाट निकालिकी तथा विराटनगरमा आफ्नै सानोबुबाबाट बलात्कृत प्रिनम शर्मा र उनका दाजुले पुजालाई लगेको भन्दै उनीहरुविरुद्ध नै उजुरी हालेकी हुन् । जबकि कुनै बेला प्रिनम शर्मालाई समेत रक्षा नेपालको आश्रयमा राखिएको थियो । संस्थाभित्रै बहिनीलाई विभिन्न प्रकारको शोषण गरिएपछि बाध्य भएर उनका दाजु प्रदिपले संस्थाबाट ७ महिनापछि बहिनीलाई फिर्ता लगेका थिए ।
अहिले आफ्नो असली अनुहार बाहिरिन थालेपछि आत्तिएकी अध्यक्ष थापाले पानीमाथिको ओभानो बन्न आफै प्रहरीमा खोजी गरिदिनु प-यो भन्दै मुना नेपालीको नाममा उजुरी दर्ता गराएकी छिन् । यूनाईटेड पोष्टको सम्पर्कमा आएकी पुजाले आफूलाई होस्टलबाट निकालेपछि आश्रय खोज्दै स्वइच्छाले साथी प्रिनमकोमा आश्रय लिएको बताइन् ।
उनले भनिन्,‘मलाई मेरै आमाबाट खतरा छ, मलाई शान्ति, सुरक्षा दिलाइयोस् । म स्वतन्त्र भएर बाँच्न चाहन्छु ।’ भविश्यमा कुनै घटना वा दुुर्घटना भए त्यसको जिम्मेवारी समेत आफ्नै आमा अर्थात संस्थाकी अध्यक्षा थापा हुनुपर्ने उनको भनाई छ । पुजाले आफुलाई गलत देखाएर फसाउन खोजेको भन्दै राज्यसँग शान्ति सुरक्षाको माग समेत गरेकी छिन् । उनले थप भनिन्–‘म गलत भएको भए मेरो पढाई हेरे हुन्छ । म पहिलो भन्दा दोस्रो भएकी छैन ।’
संस्था बैध, काम अवैध
त्यसो त कुनै बेला रक्षा नेपालकी अध्यक्ष थापाले संस्थामा पुग्ने जो कोही नेपालीलाई ‘हामी विदेशी दाताबाट रकम लिन्नौं । नेपाली दाजुभाई, दिदीवहिनी, आमाबुबाको सहयोगबाट नै संस्था सञ्चालन गरिरहेका छौं’ भन्ने गरेकी थिइन् । तर, यथार्थमा त्यो गलत पुष्टि भएको छ । समाज कल्याण परिषद्को रेकर्ड हेर्दा रक्षाले विगत एक दशकमा करोडौं रकम विदेशी दातृ निकायबाट सहयोग लिएको देखिएको छ । दातृ निकायबाट आएको रकम परिषद्ले हरेक आर्थिक बर्षमा स्वीकृत गरेपछि मात्र संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्न रकम प्रयोग गर्न पाउँछ ।
सामान्यतयः रक्षा नेपाल यौन हिंसा पीडित महिलाका हकहित र उनीहरुलाई अन्य पेशामा पुनःस्थापित गराउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको देखिन्छ । संस्थाकी अध्यक्ष थापा आफै निम्नस्तरीय परिवारबाट आएकी हुन् । उनले विगतमा आफू दोहरीमा गीत गाउने पेशाबाट आएको विभिन्न अन्तर्वार्तामा बताउने गरेकी थिइन् । तर, अहिले उनको लगाई, खुवाई हेर्दा करोडपति बाबुकी छोरी झैं उनी ठाँटिने गरेकी छन् । उनलाई राजधानीमै कसैले आश्रय दिएर घरमा राखेपछि सोही मौका सदुपयोग गरेर अध्ययन गर्न पाएकी थिइन् ।
अहिले अध्यक्ष थापाको ललितपुरको धापाखेलमा आफ्नै घर रहेको छ । प्रहरी र सम्पत्ति सुद्दिकरण विभागले अनुसन्धान गर्ने हो भने थापाले संस्थाको नाममा भित्र्याएर दुरुपयोग गरेको सम्पत्ति आफन्तको नाममा भेटिने संस्थाका एक पदाधिकारी बताउँछन् । रक्षा नेपालमा आश्रय लिएका बालबालिकालाई गोदावरीस्थित सेल्टरमा राखिएको बताउने गरेता पनि विदेशी दातृ निकायको सहयोगमा किनिएको सतुङगलस्थित संस्थाको आफ्नै भवनमा बालबालिका राख्ने गरिएको संस्थाबाट निकालिएकी एक कर्मचारीले बताइन् ।
दातृ निकायको सहयोगमा किनिएको सम्पूर्ण जग्गा–जमिन संस्थाकै नाममा हुनुपर्ने भए पनि ब्यक्तिगत नाममा रहेको भन्दै सो बारे छानविन हुनुपर्ने ति कर्मचारी बताउँछन् । संस्थामा बालबालिका राख्नका लागि बालगृह सञ्चालन गर्ने उद्देश्यसहित दर्ता भएका संघसंस्थाले केन्द्रिय बालकल्याण समिति र सम्वन्धित निकायबाट छुट्टै सिफारिस लिएपछि मात्र बालबालिका राख्न सकिने अधिवक्ता मनोजकुमार कँडेल बताउँछन् ।
उनले भने,‘यदि ट्रान्जिट होम सञ्चालन गर्ने हो भने पनि छुट्टै प्रक्रिया पुरा गर्नुपर्छ । सरकारले तोकेका ७ वटा संस्था भन्दा बाहेकले सिफारिस गरेका संस्थाले पठाएका बालबालिका कुनै पनि संस्थाले राख्न मिल्दैन् । त्यस्तो बेला केन्द्रिय बाल कल्याण समितिले तत्काल कारवाही प्रक्रिया अगाडि बढाएर बालबालिकाको उद्दार गर्न सक्छ ।’
बालबालिकालाई आश्रय दिएर सञ्चारमाध्याम र सामाजिक सञ्जालमा पीडित भन्दै सहयोग माग्ने र सहयोग आउन छाडेपछि अध्यक्ष थापाले तत्काल निकाल्ने गर्दै आएकी छिन् । उनले विभिन्न समयमा सामाजिक सञ्जालमार्फत मागेको सहयोगको विवरण हेर्ने र संस्थाले आश्रय दिएका बालबालिकाहरुको विवरण हेर्ने हो भने दुधको दुध पानीको पानी हुने नाम उल्लेख नगर्ने सर्तमा संस्थाको सञ्चालक समितिमै रहेका एक सदस्य दावी गर्छन् ।
उनले भने,‘विगत ५÷६ बर्षदेखिको उहाँको फेसबुक पोष्ट हेरौं न । अनि आश्रय लिएका बालबालिका संस्थामा छन् कि छैनन् खोजी गरौं । अध्यक्ष ज्यूको दोहोरो चरित्र थाहा भइहाल्छ नि । उनीहरुकै नाममा स्वदेशी तथा विदेश दातृ निकायबाट रकम लिने तर उनीहरुको शिक्षादिक्षामा लगानी नगर्नु सरासर अपराध हो । तत्काल प्रशासनले छानविन गर्नुपर्छ ।’ ( यूनाइटेड पोष्ट साप्ताहिबाट )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्