×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीको ठाडो निर्देशनमा सिण्डिकेट गर्ने यातायात व्यवसायीलाई जेल हाल्ने तयारी !

अर्थ सरोकार

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार

PRIME CA

गृहमन्त्रीको ठाडो निर्देशनमा सिण्डिकेट गर्ने यातायात व्यवसायीलाई जेल हाल्ने तयारी !

बुटबल – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले सिण्डिकेटको पक्षमा रहेको सार्वजनिक सवारी साधन व्यवसायीलाई पक्राउ गर्ने आदेश दिएका छन् । उक्त सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने आदेश दिएलगत्तै प्रहरीले व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन कुमार बञ्जाडे र महासचिव पदम गाहलाई पक्राउ गरेको छ । प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।
त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: