
जनकपुरधाम – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिएका हुन् ।
उनले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको पनि बताए । गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउने कार्यक्रम पनि रहेको जानकारी दिए ।
उनले भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट पारे । गृहमन्त्री बादलले एक प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा राष्ट्रको हो भन्दै उच्च सुरक्षाको व्यवस्था गरिएको बताए ।
भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्