
काठमाडौं – तस्करीको ३३ किलो सुन सनम शाक्य हत्या प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका मोरङका स्थानीय नेतालाई पक्राउ परेका छन् । मोरङको उर्लाबारीका तत्कालीन एमालेका नेता रेवत आचार्यलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यो प्रकरणका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएको हो। पक्राउ परेका आचार्यलाई थप अनुसन्धान गरेर प्रहरीले अदालतमा पेश गर्नेछ।
उच्च प्रहरी स्रोतका अनुसार उनलाई गोरेको बयानका आधारमा सनम शाक्यको हत्याका लागि ब्याट्रि र तार उपलब्ध गराएको तथा सुन तस्करीमासमेत संलग्न रहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालयका मोरङको हिरासता राखिएको छ ।
आचार्यले सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्कीसहितलाई गोरेले करेन्ट लगाउँदा ब्याट्री र तारहरु उपलब्ध गराएको आरोप लगाइएको छ । उनी फरारको सूचीमा रहेका ३१ जनाभित्रका व्यक्ति भने होइनन् ।
सनम शाक्यको शव भेटिएको गाडीमा करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र तारहरु पनि बरामद भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्