×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावरले गर्यो कमाल, खुद नाफा ३२.६४% ले वृद्धि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रिडी हाइड्रोपावरले गर्यो कमाल, खुद नाफा ३२.६४% ले वृद्धि

Artha Sarokar

२७ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिडी हाइड्रोपावर कम्पनीले खुद नाफा २.६४% ले वृद्धि गरेर ७२ लाख १८ हजार ९८० रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष कम्पनीले ५४ लाख ४२ हजार ५३५ रुपैयाँ खुद नाफा कमाएको थियो । 
रिडीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढाएर १ करोड १६ लाख ५५ हजार ४५८ रुपैयाँ पुर्याएको छ । यो आम्दानी पनि गत वर्षको भन्दा १०.०५% ले धेरै हो । गत वर्ष बिद्युत बिक्रीबाट १ करोड ५ लाख ९० हजार ६९३ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सेयर पुँजी बढेर ५० करोड १० लाख रुपैयाँ भएको छ भने, रिजर्भ कोषमा ३ करोड ३६ लाख ६० हजार २४८ रुपैयाँ छ ।
गत वर्ष सेयर पुँजी ४७ करोड २२ लाख रुपैयाँ र रिजर्भ कोषमा ३ करोड ८६ लाख रुपैयाँ थियो । रिडीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी