Skip to content
LAXMI SUNRISE BANK

आरएसडीसी लघुवित्तको ६०% हकप्रद आउंदै, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६०% हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन गर्नका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएको हो । अब जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । 
आरएसडीसीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ ।यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदपछि भने चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK