×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : शहरी बिकास विभागमा भ्रष्टाचार, हाकिम – ठेकेदार मिलेमतोमा यसरी लिक हुन्छ ‘क्राइटेरिया’ ! (प्रमाणसहित)

PRIME CA
GLOBAL IME BANK

फलोअप : शहरी बिकास विभागमा भ्रष्टाचार, हाकिम – ठेकेदार मिलेमतोमा यसरी लिक हुन्छ ‘क्राइटेरिया’ ! (प्रमाणसहित)

२० बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शहरी विकास विभाग अन्तरगत RUDP कार्यक्रममा चरम भ्रष्टाचार भएको भन्दै दोषीलाई कारवाही गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको खबर सेलाउन नपाउँदै उक्त विभागका हाकिमले ठेकेदारलाई मिलेमतोमा कामका विभिन्न क्राइटेरिया पहिला नै लिक गर्ने र सोहि अनुसार आफुले भनेको फर्मलाई काम पारेर करोडौं रुपैयाँको चलखेल गर्ने रहस्य खुलेको छ । विभागलाई आफ्नै प्राइभेट कम्पनी सरह मानेर मनपरी गरेको भन्दै शहरी विकास विभागको आरयुडीपी कार्यक्रमका आयोजना प्रमुख चक्रवर्ती कण्ठ र विभागका महानिर्देशक शिवहरी शर्माको मिलेमतोमा यस्तो भ्रष्टाचार भएको भन्दै एसियाली बिकास बैंक लगायतका निकायहरुमा उजुरी परेपछी यस्तो रहस्य खुलेको हो । अर्थ सरोकार डटकमले क्राइटेरिया लिक गरिएका केहि प्रमाणहरु पनि फेला परेको छ । पहिला नै गोप्य रुपमा रहने क्राइटेरिया लिक गर्ने वा आफुले भनेको मान्छेले पाउने गरी क्राइटेरीया बनाउने र सोहि अनुसार काम मिलाएर ठेकेदारसँगको मिलेमतोमा काम मिलाईने गरिएको र यसले सरकारी र दातृ निकायको बजेटपनि व्यक्तिको पोल्टामा गएको भन्दै उजुरी परेपछि यस्तो रहस्य वाहिर आएको हो । 

यस्तो छ एसियाली बिकास बैंकमा परेको उजुरी 
यसो त यो केस अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परिसकेको छ । स्रोतका अनुसार शर्मा निकटनै रहेका एक कर्मचारीले विभागमा उनको दादागिरीले सीमा नाघेको र जागिरको सवाल भएकाले बोल्न पनि नसक्ने स्थिति भएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार प्रमाणित नै हुने विवरणसहित उजुरी गरेका छन् । विभागका महानिर्देशक शर्मा र आयोजना प्रमुख कण्ठ मिलेर आफु खुसी काम गर्ने, जसले बढी कमिसन दिन्छ उसैलाई काम दिने र यस्ता कामहरुबाट अकुत सम्पत्ति आर्जन गरेकाले नीजहरुमाथि आवश्यक कारवाही गरी पाउँ भनी अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उजुरीउपर केहि ढिलो मात्र कारवाही अगाडी बढ्ने र त्यो बेलासम्म धेरै ढिलो हुन सक्ने भन्दै विभागका अन्य कर्मचारीले एसियाली बिकास बैंकमा समेत यो विषयमा उजुरी गरेका छन् ।
यस्तो छ लिक भएको भनिएको क्राइटेरीया 
यस्तो छ अख्तियारमा परेको उजुरीको विवरण ! शर्मा र कण्ठले व्यापक भ्रष्टाचार गरेको आरोप !
स्रोतका अनुसार शहरी विकास विभाग अन्तर्गत आरयु डीपी कार्यक्रममा Institutional Development Consultant service (IDC) प्रदेश नम्बर ७ का नगरपालिकाहरु अन्तर्गत Package No.: RUDP/MoUD/IDC/03 को मरामर्षदाता छान्ने क्रममा उक्त आयोजना कार्यकारी परामर्शदाता छान्ने क्रममा उक्त आयोजनाका कार्यकारी निर्देशक चक्रवर्ती कण्ठले अति गोप्य रहने प्राविधिक प्रस्ताव मुल्यांकनको Criteria, Building Design Authority JV Udaya & Plus का प्रतिनिधिलाई अति गोय रुपमा टिपाएको र सोहि Criteria अगाडी उपलब्ध गराए वापत करिव १० % अगाडी रकम लिइ त्यसको प्राविधिक प्रस्तावमा Building Design Authority JV Udaya & Plus लाई सबैभन्दा बढी नम्बर दिइ काम पार्ने कार्य गरेको थाहा हुन आएकोले आवश्यक प्रक्रियाबाट कारवाहीका लागि श्रीमान् समक्ष अनुरोध गर्दछु’ भन्दै अख्तियारमा उजुरी परेको छ ।
उनका अनुसार नीज कंठले यसभन्दा अगाडी सोहीस्थानको (प्रदेश नं ७ का नगरपालिकाहरु) DSC पनि सोही फर्मलाई फुल रेटमा यसैगरी दिएको र DSC विराटनगर पनि फुल रेटभन्दा करिब २२% वढिमा सम्झौता गरिसकेको र यो बर्ष मात्रै करिब ६० करोड भन्दा बढि परामर्श सेवामा भ्रष्टचार गरेकोले आवश्यक कारवाहीको लागि अनुरोध गर्दै अख्तियारमा उजुरी गरिएको छ । त्यस्तै ९०ः१० प्राविधिक र आर्थिक प्रस्ताव भारको फाईदा उठाई अगाडी नै क्राइटेरिया उपलब्ध गराउने र आफुले भनेको फर्मलाई काम दिई करोडौं रुपैयाँ भष्टचार गर्न पल्केको नीज कठंले त्यहाँ भएका प्रायजसो सबै कामहरु यसैगरि दिने गरेकाले शर्ट लिष्टमा परेका र्फमहरुले पनि प्रस्ताव पेश नगर्ने गरेको व्योहोरासमेत उक्त उजुरीमा उल्लेख गरिएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको दर्ता प्रमाणपत्र 
साथै यसभन्दा अगाडी त्यही ठाउँको DSC मा पनि केहि फर्मले प्रस्ताव नै पेश गरेनन् र पेश भएको प्रस्तावमा पनि दोस्रो फर्मलाई १२० नम्बर फरक गरि, दोस्रो फर्मले ८० प्रतिशत कम राखेपनि काम नपर्ने हिसावले अकं दिई सोही जेभीलाई फुल रेटमा काम सम्झौता गरियो । यस पटक IDC मा पनि सोही तरिका बाट शर्ट लिष्टमा भएका ६ जना मध्ये ४ जनाले मात्र प्रस्ताव पेश गरेको त्यसमा पनि २ जना लाई मात्र पास गरी सोही जेभीलाई फुलरेटमा काम पार्ने हिसाबले अंक दिई भ्रष्टचार गरेकोले छानविन गर्न माग गर्दछु भन्दै उक्त कामको प्रमाणसहित उजुरी परेको बुझिएको छ ।

यस विषयमा बुझ्न हामीले उजुरी परेका दुवै पात्रलाई फोन गरेका थियौं । तर हाम्रो पटक पटकको प्रयासमा उनीहरु हाम्रो सम्पर्कमा आउन चाहेनन् ।
  
यो पनि पढ्नुहोस् 

शहरी बिकास विभागको RUDP कार्यक्रममा चरम भ्रष्टाचार ! शिवहरि शर्मा र चक्रवर्ती कण्ठविरुद्ध अख्तियारमा उजुरी !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: