×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप-२ : यी ३२ काजगपत्र आफैं बोल्छन् ! ऋण तिरीसक्दा पनि धीतोको जग्गा अर्कैको नाममा नामसारी कसरि भयो ?

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो 
काठमाडौँ – ऋण तिरीसक्दा पनि धीतोमा राखेको जग्गा अर्कैको नाममा नामसारी हुन सक्ला ? झट्ट सुन्दा अचम्मको विषय भएपनि मानवीय सहकारीले यस्तै गलत धन्दा गरेको भन्दै पीडीतहरु न्यायको खोजीमा लागेका छन् । सहकारीका अध्यक्षको मिलेमतोमा आफ्नो जग्गा अरुकै नाममा नामसारी गरेको भन्दै पीडीतहरुले अर्थ सरोकार डटकममा स-प्रमाण मानवीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बदमासीसहित आएपछि यस्तो खुलासा भएको हो ।
यस्तो थियो घटनाको नालीबेली 
पीडीत पक्षका अनुसार मानवीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नीतु हाउजीङको जग्गा राखी ऋण लिइएको थियो । ‘हामीले नितु हाउजीङको नाममा रहेको २ कित्ता जग्गा धितोमा राखेर टिकाराम तिवारीका नाममा ऋण लिइएको थियो । सुरुमा उहाँले केहि किस्ता बुझाउनुभयो । पछी उहाँले बाँकी किस्ता तिर्नुभएन ।पछी उक्त ऋणको रकम सावाँ र ब्याज गरी धेरै भएपछी सहकारीले लिलाम गरेर लियो । केहि समयपछी टिकाराम तिवारीले डिभिजन सहकारीमा ऋण तिर्छु भनेर निवेदन दिए । डिभिजन सहकारीले त्यसपछि सम्बन्धित सबैलाई पत्र लेख्यो ।’ पीडीत पक्षले अर्थ सरोकार डटकमसँग भने, ‘त्यसपछि समन्धित सबै पक्ष बसियो । मंगलबारसम्म सहकारीको खातामा पैसा जम्मा गर्ने सहमति पनि भयो । त्यहि सहमति अनुसार उक्त सहकारीको खातामा पैसा जम्मा पनि भयो । तर प्राविधिक कारणले भोलिपल्ट मात्रै उक्त सहकारीको खातामा पैसा जम्मा भयो । त्यो दिन सहकारी दिवस पनि थियो । त्यो सहकारी बन्द पनि थियो । तर उक्त जग्गा अर्कै व्यक्तिलाई विक्री वितरण गर्न ठिक्क पारिएको रहेछ । भोलिपल्ट हामी सहकारीको कार्यालयमा गयौं । अध्यक्ष थिएनन् । फोन एसएमएस, केहीको पनि प्रतिक्रिया आएन । हामीले ७८ लाख रुपैयाँ तिरेका छौं । तर सहकारीका अध्यक्षको मिलेमतोमा उक्त जग्गा ७५ लाखमै अरुलाई बेच्न लागिएको छ । हामीले सबै निकायहरु चाहारीसक्यौं । मालपोतले हाम्रो निवेदन दर्ता लिनै मानेन । सहकारीका अध्यक्ष मनोज बास्तोलाले हाम्रो जग्गा खान खोजे । सहकारीको नियम अनुसार ऋणीले सावाँ व्याज तिरेपछि उक्त जग्गा पाउनुपर्ने पहिलो हक ऋणीको हो । त्यहि अनुसार सहमति पनि भएको हो । 

यो पनि पढ्नुहोस्
मानवीय सहकारीको बदमासी : ऋण तिरिसकेपछि पनि सम्पत्ति अर्काकै नाममा पास गर्न चलेखेल ! (सम्पूर्ण कागजातसहित)


कतैबाट पनि सुनुवाई भएन : पीडीत 
यता पीडीतहरुले सहकारीका अध्यक्षले सबै ठाउँमा मिलेमतो गरेर आफ्नो जग्गा खाइदिएको भन्दै दुखेसो पोखेका छन् । ‘हामीले सबै ठाउँमा उजुरी गरिसक्यौं । तर कतैबाट पनि सुनुवाई भएन । हामी ठिक छौं र पीडीत बनेका छौं भन्ने कुरा सबैलाई थाहा छ । तर पैसाको पावरमा हामीलाई नसुन्ने काम भएको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै पीडीत पक्षले भन्यो, ‘सबैतिर गलत धन्दा भएको स्पष्ट छ । पैसाको पावरमा सबैलाई किन्ने प्रयास भएको छ । हाम्रो जग्गा खाने प्रयास भएको छ । हामीले दिनुपर्ने सबै ठाउँमा उजुरी दिइसक्यौं । गर्नुपर्ने सबै ठाममा न्यायको लागि आग्रह गरिसक्यौं । तर पैसा नै ठुलो हुने यो देशमा हामी पीडीतको आवाज कसैले पनि सुनेन ।’ 
यता सहकारीका अध्यक्षलाई यस विषयमा बुझ्न खोज्दा उनी लगातार रुपमा सम्पर्क बाहिर छन् । हामीले यसअघि पनि उनलाई पटक पटक यस विषयमा कुराकानी गर्न सम्पर्क गर्ने प्रयास गरेका थियौं ।   यस्ता छन् घटनासम्बन्धि कागजातहरु जो आफैं बोलीरहेछन् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: