×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहाराको २५०% हकप्रद खुल्दै, सेयर भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहाराको २५०% हकप्रद खुल्दै, सेयर भर्न कहाँ जाने ?

Artha Sarokar

१९ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ ६ गतेदेखि सहारा विकास बैंकले २५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ः२.५ अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, सहारा विकास बैंकको मलंगवा नगरपालिका, ९ सर्लाही तथा सिराहा, बरहथवा, इश्वरपुर र लालबन्दी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल सहाराको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी