
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहारा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ८७ लाख रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत बर्सको तुलनामा ३८.०१% ले घटेको हो । अघिल्लो वर्षको यहि अवधिमा बैंकको खुद नाफा १ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको खुद व्याज आम्दानीमा ४.५५ % ले घटेर २ करोड ५२ लाख रुपैयाँ पुगेको छ र संचालन नाफामा ४०.९०% ले घटेर १ करोड ३७ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी र संचालन नाफा घटेकोले गर्दा बैंकको खुद नाफामा कमि आएको हो । बैंकले प्रोभिजनमा ४५ लाख रुपैयाँ राखेको छ ।
७ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ५ करोड ४२ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा ३८ करोड ४३ लाख रुपैयाँ संकलन गरी कर्जामा ३८ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि गरेको हो ।
बैंक (SHBL) को निष्कृय कर्जा ३.०६ %, पुँजीकोष अनुपात ३७.९४%, प्रति शेयर आम्दानी १५.९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८.७६ गुणा, प्रतिशेयर नेटवर्थ १७४.२६ रुपैयाँ र तरलता अनुपात ३३.५९ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्