×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय, अव सेवा निवृत्त कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउन खुल्यो बाटो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय, अव सेवा निवृत्त कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउन खुल्यो बाटो

Artha Sarokar

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खोलिदिएको हो ।
यसअघि कर्मचारी समायोजनको क्रममा स्वेच्छिक अवकास लिन चाहने कर्मचारीहरुसँग निवेदन संकलन गरिएको थियो । ५० वर्ष पूरा भइसकेका धेरै पुराना कर्मचारीहरुलाई स्वेच्छिक अवकासमा पठाउने योजना अनुरुप यस्तो योजना ल्याइएको थियो । तर, अवकास पाउन एक–दुई महिना बाँकी भएका, एक हप्ता बाँकी भएकाहरुको निवेदन धेरै पर्‍यो ।
यस्तो निवेदन दिने कर्मचारीहरुको संख्या झण्डै चार हजार छ । स्वेच्छिक अवकासको प्रक्रिया लम्बिएका कारण निवेदन दिएकाहरु अहिले रिटार्ड भइसके । रिटायर्ड भइसकेका कर्मचारीहरुको संख्या जेठ महिनासम्म दुई हजार बढी छ । असारसम्म यो संख्या बढेर ३ हजार पुग्ने अनुमान छ ।
स्वेच्छिक अवकासमा जाने कर्मचारीहरुलाई ७ वर्षको एकमुष्ट तलब दिने र सात वर्षपछि नियमानुसार पेन्सन दिने योजना अघिल्लो सरकारको थियो । अघिल्लो सरकारले ल्याएको यो योजना वर्तमान सरकारले भने स्थगित गरिदिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी