Skip to content
LAXMI SUNRISE BANK

फलोअप : अर्थ सरोकारको समाचारपछि समृद्धि क्यापिटलले सच्यायो आफ्नो कर्तुत, तर रोकिएन कानुन मिच्ने काम !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल धीतोपत्र बोर्डले जारी गरेको निर्देशन विपरित समृद्धि क्यापिटल नामक कम्पनीले गैरकानुनी धन्दा चलाईरहेकोबारे अर्थ सरोकार डटकमले विशेष खुलासा गरेपछि कम्पनीले आफ्नो कर्तुत केहि हदसम्म भएपनि सच्याएको छ । नियम विपरित धितोपत्र डटकम नामक पोर्टल सञ्चालन गरेर  उक्त पोर्टलको फोरममा धीतोपत्र बोर्डले बन्देज गराएको काम गरेको कम्पनीले आफ्नो उक्त गल्ती सच्याएको हो । समाचार प्रकाशनपछी कम्पनीले आफ्नो पोर्टलमा रहेको ‘फोरम’ लाई डीएक्टिभेट गरेको छ । धीतोपत्र बोर्डले स्पष्टसँग लगानीकर्ताहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गर्नेगरी, जानकारी वा सुचना प्रवाह गर्ने काममा नलाग्नु नलगाउनु भन्ने निर्देशन जारी गरेपनि सो निर्देशन विपरित कम्पनीले लामो समयदेखि उक्त पोर्टलमार्फत लगानीकर्ताको मनोविज्ञानमा ठाडो असर गर्नेगरी सामाग्रीहरु प्रकाशित गर्ने गरेकोमा अर्थ सरोकारले आफ्नो कर्तुत सार्वजनिक गरेपछि कम्पनीले उक्त ‘फोरम’ बन्द गरेको हो ।  यद्यपी न्यूज सिर्शकबाट भने फोरममा प्रकाशित समाचार र जानकारी हेर्न मिल्ने गरी राखेर कम्पनीले लगानीकर्ताको आँखामा छारो हाल्दै कम्पनीले धितोपत्र बोर्डको नियमको धज्जी उदाएको छ । 
यसरी पनि कानुनको धज्जी !
कम्पनीले आफ्नो पोर्टलको फुटरमा पोर्टलको सर्वाधिकार धितोपत्र लिमिटेडमा रहेको भन्ने उल्लेख गरेको छ । जवकी धीतोपत्र लिमिटेड नामक कुनै पनि  कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छैन । कम्पनी रजिष्ट्रारको कार्यालयमा धीतोपत्र नाम उल्लेख भएको एकमात्र कम्पनी दर्ता भएको देखिन्छ । यसरी कम्पनीले जनताको आँखामा छारो हाल्ने प्रयास गरेको छ । धीतोपत्र सम्बन्धि आधिकारिक संस्था भएको दावी गर्ने बदनियतसमेत कम्पनीले राखेको देखिन्छ । नेपालको प्रचलित ऐन अनुसार यो काम पनि गैरकानुनी नै मानिन्छ । बजारमा नाम चलेका व्यक्तिहरुको समेत संलग्नता रहेको यो कम्पनीले आफुले सञ्चालन गर्ने कम्पनीमा यसरी गैरकानुनी नाम राख्नुले पनि कम्पनीले सोझा लगानीकर्ताको मनोविज्ञानसँग खल्ने बदनियत देखिन्छ ।
यता मर्चेन्ट बैंकर भएर गर्न नहुने काममा पनि कम्पनीका कर्मचारी संग्लग्न रहेको देखिन्छ । कम्पनीको जागिर नछाडी क्यापिटलका कर्मचारीले सञ्चार गृह चलाउने स्वीकृति आफ्नै नाममा लिएर संचालनसमेत गरिसकेका छन् । नियम अनुसार यस्तो गर्न पाइदैन । यता क्यापिटलका ती कर्मचारीलाइ फोन गरी यसबारे बुझ्दा उनले सम्पर्क गरेनन् भने एसएमएसमार्फत जानकारी माग्दा पनि जानकारी दिएनन् ।  
यता कम्पनीका सीइओ फोन अफ गरेर बसेका छन् । हामीले यसबारेमा जानकारी लिन खोज्दा उनको फोन अफ थियो । यसअघि आफुले गल्ती गरेको तर उक्त गल्ती स्वीकारी त्यसलाई रोकीसकेको बताउने कम्पनीका सीइओ इङ्गिश घिमिरेलाई शुक्रबार कार्यालय समयमा  फोन गर्दा उनको फोन अफ रहेको हो । 
गैरकानुनी काम गर्ने कम्पनीमा भीआइपीहरु देखि भ्रष्टचारको अभियोग लागेकाहरुको समेत लगानी !
अझ अचम्मलाग्दो कुरा त के हो भने खुलेआम धितोपत्र बोर्डको नियमको धज्जी उडाउने समृद्धि क्यापिटलमा बजारमा भीआइपी मानिने व्यक्तिहरुको समेत लगानी रहेको छ । बजारमा अध्यात्मिक मानिएका चर्चित व्यक्ति, यसअघि भ्रष्टाचार प्रकरणमा मुछिएका व्यक्ति, अन्य हाइड्रो कम्पनीमा लगानी भएका व्यक्तिहरुको समेत लगानी रहेको पाइएको छ । खुलेआम गैरकानुनी काम गर्ने कम्पनीमा कस-कसको लगानी छ भन्ने बारे तयार गरिएको सामाग्री हामी आगामी अंकमा प्रकाशित गर्नेछौं ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK