
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- धीतोपत्र बोर्डको नियमको धज्जी उडाउँदै समृद्धि क्यापिटलले गैरकानुनी रुपमा चलाएको पोर्टल धीतोपत्र डटकमका कर्तुतहरुका बारेमा अर्थ सरोकार डटकमले निरन्तर फलोअप गरेपछी उक्त कम्पनीले आफ्नो पोर्टल मार्फत गरेका एक एक कर्तुतहरु सच्याउन थालेको छ । धीतोपत्र बोर्डको नियम अनुसार कुनै पनि मर्चेन्ट बैंकरले लगानीकर्ताको मनोविज्ञानमाथि असर गर्ने खालका सुचना तथा जानकारीहरु सम्प्रेषण गर्न नपाइने भएपनि कम्पनीले बजारमा चर्को चलखेल गर्ने बदनियत राखी फोरमका नाममा त्यस्ता सुचना तथा जानकारी राखेको आरोप विभिन्न ठाउँबाट आएपछि अर्थ सरोकार डटकमले यस विषयमा सामग्री प्रकाशित गरेको थियो ।
अर्थ सरोकार डटकमले उक्त समाचार सार्वजनिक गरेपछि कम्पनीले धीतोपत्र डटकमको फोरम सेक्सनलाई ‘डीएक्टिभेट’ गरेको थियो । यद्यपी कम्पनीले आफ्नो पोर्टल धितोपत्र लिमिटेड नामक कम्पनीबाट सञ्चालन भएको भन्दै लगानीकर्ता तथा पाठकहरुको आँखामा छारो हाल्ने प्रयास गरेको थियो । पोर्टलमा दावी गरिएको नामको कम्पनी दर्ता नै नभएको खुलासा अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कम्पनीले आफ्नो उक्त कर्तुतपनि सच्याएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्