
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आइपीएलमा निकै नै उत्कृष्ट पर्फमेन्स गरेपछि सन्दीप लामिछानेको भाउ १ करोड रुपैयाँ पुगेको छ ।
जारी इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली स्पिनर सन्दिप लामिछानेको टीम दिल्ली डेयर डेभिल्स बाहिरिए पनि आइपीएलमा डेब्यू गरेका सन्दिप भने करोडपति क्लबमा प्रवेश गर्ने भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार यसपटक सन्दिपले गरेको प्रदर्शनले आगामी आइपीएलमा पनि उनी अक्सनमा पर्ने पक्का भएको छ । यस पटक २० लाखमा बिकेका सन्दिपका लागि अर्कोपटक १ करोड तिरेर आफ्नो समूहमा लिने धेरैले कुराकानी गरिसकेको बताइएको छ ।
सन्दीप एकाएक आइपीएलबाट ‘हिरो’ भएपछि उनले नेपालमा पनि थप अवसर पाउने पक्का छ । थुप्रै कर्पोरेट हाउसहरुले उनलाई ब्राण्ड एम्बेसडर बनाउँदैछन् । यसबाट पनि उनले मनग्य पैसा कमाउने छन् । प्राप्त जानकारी अनुसार उनलाई महिनाको लाखौँ तिरेर विभिन्न कर्पोरेट हाउसको ब्राण्ड एम्बेसडर बनाउने तयारी भैसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्