
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २२.४८% ले घटेको छ । गत वर्ष यहि अबधीमा सानिमाको खुद नाफा २६ करोड ५ लाख ८१ हजार रुपैयाँबाट झरेर यो वर्ष २० करोड २० लाख ५ हजार रुपैयाँ मात्र कमाएको छ । विद्युत बिक्रीबाट आम्दानी १०.५०% ले घटेपछि खुद नाफामा पनि असर परेको छ ।
विद्युत बिक्रीबाट गत वर्ष ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेकामा यसपालि ५६ करोड ६९ लाख १३ हजार रुपैयाँमा झरेको छ । कम्पनीको सेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४९ करोड १९ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ ।
सेयर पुँजी गत वर्ष भन्दा १००% धेरै हो । सानिमा माईको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३० पैसा पुगेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्