×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार भर्सेस तरकारी बजार…

PRIME CA
GLOBAL IME BANK

सेयर बजार भर्सेस तरकारी बजार…

२० बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • नवराज घिमिरे, लगानीकर्ता / विश्लेषक 
जो कसैलाई पनि लाग्न सक्छ सेयर बजार भन्ने शव्द सुन्ने वित्तिकै यो सट्टे वजार वा जुवा घर भन्ने । यदि सेयर बजार जुवा घर हो भने यति धेरै एजेन्सी, यति धेरै कम्पनी, यति धेरै म्यूचुअल फण्डले आफ्नो सेयर किन सुचिकृत गराउँथे र ? यिनीहरु वेवकुफ त छैनन् नि ! सेयर बजार कुनै जुवा घर होईन । यो त एउटा ‘ह्वाइट बिजनेश’ हो । हरेक बजारमा तपाईं जानुहुन्छ, सामान किन्नुहुन्छ वा बेच्नुहुन्छ । त्यसै गरी यो बजार पनि सरल छ , सेयर किन्नु हुन्छ, बेच्नुहुन्छ, बस् त्यहि हो नियम । जस्तो कि ततपाईं तरकारी बजारमा जानुहुन्छ, ‘आलु किन्नु हुन्छ, प्याज किन्नुहुन्छ जे मन लाग्छ किन्नुहुन्छ ।’ त्यसै तरिकाले तपाईलाई कुन कम्पनीको सेयर मन पर्छ किन्नुहुन्छ । जस्तो कि तपाईंलाई बीमाको सेयर , वैंकको सेयर,हाईड्रोको सेयर, होटलको सेयर, कुन ठिक लाग्छ त्यहि किन्नुहुन्छ । तपाँईलाई जुन मनपर्छ किन्नुहुन्छ । 
अव बेच्ने कसरि ? त्यो पनि सरल छ । जव तपाँईले किनेको सेयरको मूल्य बढ्छ, अनि बेच्नुहुन्छ । म तपाँईलाई सुझाव दिन्छु ‘A’ Group को मात्रै सेयर खरिद गर्नुहोस् । तर त्यो तपाँईले धान्न सक्ने हुनुपर्छ । जस्तो कि तपाँई तरकारी खरिद गर्न जानुहुन्छ के छिमेकीलाई सोधेर जानु हुन्छ र ? कति जना परिवार छन्, त्यसको आधारमा किन्नुहुन्छ । त्यस्तै हो सेयर खरिद विधिपनि । तपाँई सेयरमा कति लगानी गर्न चाहनु हुन्छ तपाँईलाई थाहा हुनु पर्छ । 
मानसिक रुपले र आर्थिक रुपले सोच्नुहोस् र ढिला नगरी अहिलेको बेलामा खरिद गरिहाल्नुस । जसरी तपाँई तरकारी वजारमा गएर १,२,५ किलो तरकारी किन्नुहुन्छ यसलाई रिटेल मार्केट भनिन्छ , सेयर मार्केटमा पनि यसै गरि १ कित्ता २ कित्ता ५ कित्ता १० कित्ता गरी जति कित्ता पनि लिन सक्नुहुन्छ । फरक यति छ कि सव्जी आधा किलो पनि किन्न सकिन्छ तर सेयर आधा कित्ताचाहीं किन्न सकिदैन । जस्तो तरकारी बजारमा गएर एक ट्रक तरकारी किनेर पूरै ट्रक बेचेजस्तै सेयर मार्केटमापनि ‘बल्क’मा किनेर ‘बल्क’मै वेच्न पनि सकिन्छ । जस्तो तपाइँले कुनै कम्पनीको ५००० कित्ता सेयर किन्नुभयो । म पुरै ५००० नै एकै पटकमै बेच्छु भने पनि सक्नुहुन्छ म रिटेल हिसावले १/२/१०/२०/५०/१०० कित्ता गरेर बेच्छु भने पनि सक्नुहुन्छ । यसमा के छ बस् कुरा उही सब्जीकै जस्तो हो । अवको केही महिना पछी तपाँई ‘इन्ट्र डे’ खरिद विक्री पनि गर्न सक्नुहुन्छ । 
यसको मतलव हो आजै किन्ने आजै बेच्ने । विहान ११/१२ वजे किन्ने २/३ वजे भित्र बेचीसक्ने । तरकारी बजारमा पनि त ‘इन्ट्र डे ट्रेड’ हुन्छ नि ! हो, त्यही नियम हो यो सेयर बजारमा पनि । जस्तो साग, फर्सिको मुन्टा विहान किन्यो दिन भरिमा बेचीसक्नै पर्छ । तर आलु , प्याज जस्तो तरकारी intra day Trade हुनै पर्छ भन्ने छैन । तपाईंले मलाई सोध्न पनि सक्नुहुन्छ सर कसरी सेयर किन्ने ? त्यो पनि सरल छ । तपाईं एउटा स्टक ब्रोकर छान्नुहोस् । जसलाई सेयर मार्केटको दलाल भनिन्छ । तिनै दलालकोमा गएर एउटा डिम्याट एकाउन्ट र अर्को कारोबारी (trade) एकाउन्ट खोल्नुहोस् । तपाँईसँग वैंक खाता हुँदैहोला । त्यसैमा लिंक गराउनुस । यति भइसकेपछि तपाँईले केही रकम दलालकोमा जम्मा गराई दिनुस तपाईंको कारोबार फोनकै भरमा पनि सुरु भइहाल्छ । 
यहाँ प्रश्न पनि उठन सक्छ सर मैले कतिको सेयर किन्न पर्छ ? यो पनि सरल छ तपाँईले आफ्नो घाटी हेरेर हाड निले जसरी जति आफुसँग क्यास छ, त्यतिको लिन सक्नुहुन्छ । स्मरण रहोस् सेयर किन बेचे संसार भरिनै उधारोचाहीं हुँदैन है ! अव वेच्ने कसरी ? प्रोसेस एउटै हो जसरी खरीद गर्नुभएको थियो त्यसैगरी आफ्नो दलाललाई फोन गरेर वेचिदिनुस भन्नुहोस् । तपाँईको सेयर विक्री हुन्छ र तिन कार्य दिनमा तपाँईको हातमा क्यास आउँछ । त्यसैले त भनिन्छ, सेयर मार्केट १००% ‘व्हाइट बिजनेश’ किनकी यहाँ पैसा वैंक एकाउन्टबाटै आउँछ र जान्छ पनि । सुरुमै बैंक त्यो पैसालाई धोवी धुलाई गरेर सेतो पारिसकेको हुन्छ । ब्रोकर अफिसमा क्यास लेनदेन चल्दैन । त्यसैले तपाँईसँग जति पैसा छ, त्यतिले नै यो बिजनेश सुरु गर्न सक्नु हुन्छ । जस्तो १०००/५०००/५०००० वा लाख रुपैयाँबाट । आजलाई यति नै बाँकी अर्को भागको प्रतिक्षा गर्नुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: