
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.७७% बढेर ६ करोड ४९ लाख ९९ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले ५ करोड ९२ लाख १२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा २.४६% ले घटेको छ । गत वर्ष १२ करोड ८३ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस फाइनान्सले यो त्रैमासमा १२ करोड ५१ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी हासिल गरेको छ ।
सञ्चालन नाफा ९ करोड १० लाखबाट वृद्धि गरेर ९ करोड ९३ लाख १० हजार रुपैयाँ पुगेको छ । निक्षेप ३ अर्ब ३१ करोड रुपैयाँबाट बढाएर ३ अर्ब ४० करोड ३८ लाख ८४ हजार रुपैयाँ पुर्याएको यस कम्पनीले ३ अर्ब १८ करोड ३१ लख २३ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सक्षम भएको छ । गत वर्ष २ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
चुक्ता पुँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ रहेको श्री इन्भेष्टमेन्टको रिजर्भमा ३७ करोड ९२ लाख १७ हजार रुपैयाँ छ । रिजर्भ कोष भने निकै आकर्षक देखिन्छ । कम्पनीले माघ १५ देखि फागुन २० गतेसम्म २८ लाख ६७ हजार २२५.६२ कित्ता (८३%) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
त्यतिबेला बिक्री नभएका ३ लाख ४४ हजार ३७३.६२ कित्ता हकप्रद सेयर चैत ८ देखि १६ गतेसम्म लिलामीमा बेचिएको छ । लिलामी समेत बिक्रीपछि चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ पुगेको छ । खराब कर्जा सुधार हुँदै गएको छ । गत वर्ष ०.२६% रहेको खराब कर्जा यो त्रैमासम्म आइपुग्दा ०.२२% मा झरिसकेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ०९ पैसा रहेको यस फाइनान्सको प्रतिसेयर नेटवर्थ २८४ रपैयाँ ७३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्