
इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गैँडाकोट न.पा ११, हर्कपुरमा रहेको एक्स्टेन्सन काउन्टरलाई आफनो आठौं शाखाको रुपमा विहीवार एक औपचारिक कार्यक्रम गरी शाखा समुदघाटन गरेको छ । कार्यक्रमको अध्यक्षता कम्पनीका नायव कार्यकारी प्रमुख खिम बहादुर कार्कीले र प्रमुख आथित्यता गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गरेका थिए ।
केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको यस फाइनान्सको हाल विराटनगर, हर्कपुर, रजहर, कावासोती डण्डा, भैरहवा, तौलिहवा तथा ओदारी, कपिलवस्तुमा गरि ८ वटा शाखा सञ्चालनमा रहेका छन् भने छिटै देशका विभिन्न पाँच स्थानमा शाखा विस्तारको क्रममा रहेको छ ।
कम्पनीको वर्तमान अवस्थाको बारेमा कम्पनीका नायव कार्यकारी प्रमुख खिम बहादुर कार्कीले प्रष्ट्याए । उक्त कार्यक्रममा प्रमुख अथिति छत्रराज पौडेल, प्रहरी नायव उपरिक्षक गगन श्रेष्ठले शाखाकोे सफलताको शुभकामना दिए । कम्पनीका अर्का नायव कार्यकारी प्रमुख अनिल जोशीको समेत उपस्थिति रहेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २१ लाख, निक्षेप ३ अर्व ४३ करोड तथा कर्जा लगानी ३ अर्व ३० करोड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्