
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ २० गतेदेखि शुभम पावरले आइपीओ बिक्री गर्ने भएको छ । यो आइपिओ संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ दरको २ लाख कित्ता बिक्री गर्न लागेको हो । यसमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधिभित्र आवश्यक आवेदन नपरेमा असार २४ गतेसम्म भर्न पाइनेछ । यसमा न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ । आवेदकले शुभम पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सकिनेछ । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाइनेछ । एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयर भर्न सकिने सुविधा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्