Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंक बन्यो मास्टरकार्डको मुख्य सदस्य, थप गुणस्तरीय सेवा पाइने

अर्थ सरोकार

अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । जेष्ठ २ गते काठमाडौंमा मास्टर कार्ड र बैंक बीच मुख्य सदस्यतासम्बन्धी सम्झौता आदान प्रदान भएको हो । 
मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसँग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् । यो सदस्यता प्राप्त गरेसँगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुनेछ र ग्राहकहरुले मास्टर कार्ड अन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवम् प्रिपेड कार्डहबाट अझ बढी गुणस्तरीय र प्रभावकारी रुपमा कारोबार गर्न सक्ने बैंकको बिश्वास रहेको छ । 
बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदैछ । यस पश्चात ग्राहकहरुले बैंकको मास्टर कार्ड र माएस्ट्रो ब्राण्डको कार्ड बैंकको पस टर्मिनलमा र मास्टरकार्ड, माएस्ट्रो/Cirrus ब्राण्डको कार्डहरु बैंकको एटिएमहरुमा प्रयोग गर्न सक्नेछन् ।
बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ८०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को वैशाख मसान्तसम्म बैंकले कुल निक्षेप रु. ९० अर्ब ६४ करोड र कर्जा लगानी रु.८२ अर्ब ४ करोड गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK