Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ फाउन्डेसनद्वारा मातृसेवा परियोजनाको लागि आर्थिक सहयोग

अर्थ सरोकार

सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजनाको लागि चार लाख आठ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले फेज नेपालका अध्यक्ष्य राजेन्द्र कुमार कार्कीलाई हस्तान्तरण गरे ।
सो सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरुको लागि लुगा तथा कम्बल वितरण गर्नका लागि प्रयोग गरिने छ ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष मनोज कुमार केडियाले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी गराए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK