
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिद्धार्थ बैंकले बिहीबारदेखि सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले संंस्थापक समूहको ४० हजार २०.६४ कित्ता र सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५.५५ कित्ता गरि जम्मा २ लाख १४ हजार ३३५.५५ कित्ता सेयर लिलामी खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । नेप्सेमा बुधबार सिद्धार्थको अन्तिम सेयर कारोबार भने प्रतिकित्ता ३३५ रुपैयाँमा भएको हो ।
यो लिलामीमा लगानीकर्ताले जेठ १० गतेसम्म आवेदन दिन सक्नुहुनेछ । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । यसमा दुवै समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।
हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब १ करोड २१ लाख ७१ हजार रुपैयाँ छ । सेयर लिलामी बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्