×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको जेठ ३ देखि सेयर लिलामी आउँदै, भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको जेठ ३ देखि सेयर लिलामी आउँदै, भर्न कहाँ जाने ?

२७ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ ३ गतेदेखि सिद्धार्थ बैंकले  सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संंस्थापक समूहको ४० हजार २०.६४ कित्ता र सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५.५५ कित्ता गरी जम्मा २ लाख १४ हजार ३३५.५५ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
लिलामीमा आवेदन दिने अन्तिम म्याद जेठ १० गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी सिद्धार्थ बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । यसमा दुबै समूह तर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब १ करोड २१ लाख ७१ हजार रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी