×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Artha Sarokar

१३ जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्ययान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच एक विशेष कार्यक्रमका बीच सो सम्झौतापत्र हस्ताक्षर सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतसुन्दर प्रसाद कडेल र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरे ।
उक्त सम्झौतासँगै इजीलिंक रेमिट्यान्स मार्फत कोरिया, जापान, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरी रहेका ११२ शाखाहरुबाट सजिलै भुक्तानी लिनका साथैै सिद्धार्थ बैंकको खातामा सजिलै रकम जम्मा गर्न पनि सकिनेछ । 
सम्झौतापछि सिद्घार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसुन्दर प्रसाद कडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने बताए ।
बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११० एटिएम र ८०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को वैशाख मसान्तसम्म बैंकले कुल निक्षेप रु. ९० अर्ब ६४ करोड र कर्जा लगानी रु.८२ अर्ब ४ करोड गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी