×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी

Artha Sarokar

९ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

के.एल. दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभीको मोटाइ जम्मा 3.6 mmरहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । सोमबार सांझ काठमाण्डौमा डिलर मिट आयोजना गरि सो टिभी सार्वजनिक गरिएको हो । OLED टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य LED टिभी भन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा JBL साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा रु. २० लाख भन्दा माथि पर्ने कम्पनिले जनाएको छ ।
सोही कार्यक्रममा स्काईवर्थको Google Android TV / Multi-functional Tee Table पनि सार्वजनिक गरिएको थियो । Google Android TV मा Command बाट नै आफ्नो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिने र मोबाइल जस्तै Google Playstore मा गएर आफ्नो चाहना अनुसारको Application Download गर्न सकिने स्मार्ट प्रविधि छ । साथै Multi-functional Tee Table, Table मात्र नभई Refrigerator, Sound Box, Mobile Charging Unit जस्ता विविध प्रविधिहरु एउटै टेबल मा उपलब्ध भएको समार्ट टेबल हो । यी सार्वजनिक गरिएका तिन वटै प्रोडक्ट इनोभेसन र टेक्नोलोजिको उत्कृष्ट उदाहरण हो । त्यस कारण यी प्रोडक्टहरुले नेपालमा पनि राम्रो बजार लिने छ भन्ने कम्पनीको दाबी रहेको छ । 
युरोप, एसिया, अफ्रिका तथा अमेरिकाको बजारमा राम्रो सफलता हांसिल गरिसकेको यस स्काईवर्थ कम्पनीको टिभी तथा होम एप्लाइन्सेस राम्रो गुणस्तरको र किफायती मूल्यमा उपलब्ध हुने कारण नेपालमा पनि छोटो समयमै लोकप्रिय हुन सफल भएको कम्पनीको ठम्याई रहेको छ । 
साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी