
ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउनपोखराको न्युरोडस्थित अरविन्द कमप्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । सोमबारबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरूको जानकारी सहजै प्राप्त हुने स्मार्ट टेलिकमले उल्लेख गरेको छ ।
सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरूका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरूलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने भन्दैस्मार्ट सेलका सीसीओ (प्रमुख वाणिज्य अधिकृत) राजीव कुमारले ग्राहकहरूका लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने यस सेन्टरको उद्देश्य रहेको बताए । यसअघि स्मार्ट सेलले कुमारीपाटी, पुतली सडक तथा भक्तपुरमा पनि आफ्नो सेन्टरको स्थापना गरिसकेको छ भने आगामी दिनमा नेपालका अन्य प्रमुख सहरहरूमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्